एकै वर्षमा ४ ओटा लोकसेवा परीक्षामा नाम निकाल्न सफल भईन धनकुटाकी नविना दाहाल


धनकुटा । मिहिनेत गर्ने, असफलतासँग हार नखाने र निष्पक्षतामा विश्वास गर्ने जोसुकैलाई निजामती सेवा ‘करिअर’ को आकर्षक ‘प्लेटफर्म’ हो । त्यस्ता व्यक्तिहरूलाई निजामती सेवामा जाने प्रवेश बिन्दु लोकसेवा आयोगले लिने परीक्षा हो ।

प्रयास गरेपछि अवश्य पनि सफल भइन्छ भन्ने मेरो मान्यता छ। निरन्तरको मिहिनेत र आत्मविश्वास बोकेर अघि बढेको खण्डमा लोकसेवाको परीक्षामा सफलता हात लाग्छ । यसैबीच धनकुटाकी नविना दाहाल एकै वर्षमा ४ ओटा लोकसेवा परीक्षामा नाम निकाल्न सफल भएकी छिन् । भने उनले अख्तियारमा काम गर्ने निधो गरेकी छिन्। उनले नाम निकालेको परीक्षाहरु:

१. सहायक महिला विकास निरीक्षक (कोशी प्रदेश)
२. सहायक पाचौं, सामान्य प्रशासन (गण्डकी प्रदेश)
३. सहायक पाचौं, प्रशासन लेखा (कोशी प्रदेश)
४. नायब सुब्बा जलेश्वरबाट खुला तर्फ १ नं. सिफारिस,
उहाँलाई हार्दिक बधाई तथा थप प्रगतिको शुभकामना।

यो पनि: लोक सेवा तयारी गर्नेहरुका लागि ‘टिप्स’- पाठ्यक्रम अनुरूप र त्यससँग सम्बन्धित अध्ययन सामग्रीको खोजबिन पर्याप्त मात्रामा गर्नुपर्छ । जस्तैः राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, लोकसेवा आयोग, विभिन्न संसदीय समितिका प्रतिवेदन, प्रशासन सुधारका प्रतिवेदनलगायत विभिन्न सामग्रीहरु संकलन गरी अध्ययन गर्नुपर्दछ ।

रेडियो, पत्रपत्रिका, टि.भी.मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय माध्यमहरुबाट समाचारहरु सुन्ने वा पढ्ने गर्नुपर्छ । पढेका, सुनेका वा देखका महत्वपूर्ण घटनाहरुलाई सरसर्ती टिपोट गर्ने बानी बसाल्नुपर्छ । यसैगरी अर्काे महत्वपूर्ण कुरा सम्बन्धित विषयका विद्धानहरूको लेख तथा अन्तर्वार्ता पढ्ने, टिपोट गर्ने गर्नुपर्छ । परीक्षा हुनुभन्दा कम्तिमा ६ महिना अघिदेखि नै यो कार्यलाई अझ नियमित तयारी गर्ने गर्नुपर्छ ।

अहिले त इन्टरनेटमा पाठ्यक्रमअनुसारको विषयको अध्ययन गर्न सकिने भएकाले सकेसम्म पाठ्यक्रमअनुसारको अलग–अलग विषयको नोटकापी बनाएर संग्रह गर्ने बानी गर्नुपर्छ । साथै, अध्ययका क्रममा मनोबल घटाउने गर्नु हुन्न । सकारात्मक सोचका बिहान बेलुकी कम्तिमा ४ देखि ६ घन्टा अध्ययन गर्ने गर्नु उपयुक्त हुन्छ ।