एउटाकी पत्नी अर्काकी प्रेमिका, काठमाडौंमा मध्यराति यसरी चल्छ ..


काठमाडौं ।निर्मला (नाम परिवर्तन)का पति अमेरिकामा थिए । काठमाडौंमा उनको प्रेमी थिए, बिक्रम शर्मा (नाम परिवर्तन) । शर्मासँग उनी लामो समय डेटिङमा रहिन् ।कहिले ककनी, कहिले धुलिखेलमा यो जोडीले प्रेम अनुरागमा समय बितायो । घरि-घरि शारिरीक सम्बन्ध पनि जोडियो ।

निर्मला अमेरिका पुगिन् बिक्रम काठमाडौंमै आफ्नो पेशा व्यावसायमा व्यस्त छन् । उनीहरूको अहिलेको सम्बन्ध अपरिचित जस्तै छ । उनीहरूको सम्झौताको सम्बन्ध डिस्कोबाट सुरु भएको थियो । ‘अफिसको काम अबेर सकिएपछि दरबारमार्गको क्लव छिर्ने गर्थें, उनी पनि त्यहाँ एक्लै बसेको देखेपछि डान्सका लागि अफर गरें । केही घुट्की पियौं त्यसपछि परिचय बढ्यो’, बिक्रम विगत कोट्याउँछन्, ‘एउटा सम्झौताको सम्बन्धमा केही समय रमाइलो गरौं भन्ने सल्लाह भयो । र, हामी अफेयरमा थियौं ।’

निर्मलाका पति अमेरिकामा थिए, बिक्रमकी पत्नी गृह सहरमा बैंकर थिइन् । यो सम्बन्धको सीमा सबै कसीसम्म पुग्यो । अहिले दुवैबीच सम्बन्ध छैन । यो सम्बन्ध अस्थायी नै थियो । बिक्रमले यस्तो प्रकारको अस्थायी सम्बन्ध झन्डै ६ जना महिलासँग राखिसकेका छन् । उनको सम्पर्कमा आएका महिलाका विषयमा भने जानकार छैनन् । खर्चालु स्वभावका उनी भन्छन्,‘ठाउँमा पुगेपछि त्यहिअनुसारको सम्बन्ध स्थापित हुन्छ । मन मिल्यो भने तन मिल्नलाई समय लाग्दो रहेनछ । कतिपयको त आवश्यकता मिल्यो भने फटाफट काम हुन्छ ।’

ठमेलको एउटा व्युटी पार्लर सञ्चालन गरेकी अस्मिता (नाम परिवर्तन)सँग वानेश्वरको एक होस्टेलमा बस्ने गुरु अधिकारी (नाम परिवर्तन)को भेट सामाजिक सञ्जालमा भएको थियो । उनीहरू क्लवमा भेट्ने योजना बन्यो । ठमेलको एउटा क्लवमा राम्रो चिनजान भएपछि अस्मिताले नै सम्बन्धमा रहनका लागि गुरुलाई प्रस्ताव गरिन् । आफ्ना पति अस्ट्रेलियामा रहेको र ६ महिनामा फर्किने बताउँदै गुरुसँग त्यसबेलासम्मको सम्बन्ध कायम राख्ने सहमति बनेको थियो । एक्लै बस्ने अस्मिताको घरमै गुरुका धेरै समय बिते । अहिले दुवैको सम्पर्क छैन । गुरु भन्छन्,‘यस्तो पनि सम्बन्ध र प्रेम गाँसियो, ६ महिनासम्म माय पनि गरियो मस्ती पनि गरियो ।’

विवाह उत्तरका सम्बन्धको कमी छैन, सहरमा । यो एक जोडीको अस्थाई सम्बन्धको मात्र कथा हो । कतिपय नाम चलेका सेलिब्रिटीसँगै यस्तो सम्बन्ध राख्नेहरू पनि छन् । आवश्यकता र अवसरको यस्ता सम्बन्ध प्रायः कामकाजी पतिका बेगारी पत्नी र टाढा रहेकी पत्नीका अवसरवादी पतिबीच हुने गरेको देखिन्छ । ‘आफ्ना पतिसँग सन्तुष्ट नभएका, यातना पाउने गरेका महिलाले सहानुभुति, माया र सम्बन्ध चाहेका हुन्छन् । त्यस्ता महिलालाई प्रेम दिनु पनि राम्रो काम हो’, अभिमान खड्का (नाम परिवर्तन) भन्छन्,‘यस्तो सम्बन्ध ताकेर होइन, संयोगले नै बन्छन् ।’

विवाहपछिको फरक सम्बन्ध भन्दा केही भिन्न हुन्छ सम्झौताको सम्बन्ध । तत्कालिक आवश्यकताको एउटा समयसीमासम्म सम्बन्ध गाँस्ने र त्यसपछि कुनै सरोकार नराख्ने प्रवित्ति अहिले सहरमा व्याप्त हुन थालेको छ । यस्तो सम्बन्धले परिचय, प्रेम र अपराध कर्म पनि गराउने गरेका नेपालमा प्रशस्त उदाहरण छन् । यस्ता सम्बन्धहरूको बारेमा खुलाउने ठाउँ प्रहरीको अपराध शाखा पनि हो । एक अधिकारी भन्छन्,‘थोरै समयमा सम्बन्ध बनाएर सबै कारोबार गर्ने अनि ठगी भयो भनेर पनि उजुरी आउने गरेका छन् । बुझ्दै र खोज्दै जाँदा प्रेमीप्रेमिकासम्म भएको पाएका छौं ।’

छिटो रकम कमाएका, धनाड्य परिवारका छोराछोरी, अकुत सम्पत्ति कमाउनेहरू र युरोप अमेरिकामा आफ्ना जोडी भएका धेरै युवायुवतीको सम्बन्ध डिस्को लगायतका महँगा ठाउँमा बन्छन् । त्यहिँ एउटा सम्झौता हुन्छ र केही वर्ष, महिनाको अन्तरालमा टुट्छ । यस्तो सम्बन्धको खास उदाहरण त सुन तस्करीमा संलग्नता रहेका सनम शाक्यकै पनि बनेको प्रमाणित भइसकेको छ । जसको निशा सेन ठकुरीसँग अफेयर रहेको बनिसकेको बताइएको थियो ।

सुन काण्डकै मुख्य अभियुक्त चुडामणी उप्रेती गोरेको पनि रक्षा भण्डारीसँग सम्झौताको सम्बन्ध रहेको अनुसन्धानले खुलाइसकेको छ । छिटो पैसा कमाउने र खर्च गर्न सिपालुहरूका लागि अस्थायी सम्बन्ध साधारण बन्ने गरेको समाजशास्त्रीहरू बताउँछन् । यस्ता सम्बन्धमा निहीत स्वार्थ पनि हुन्छन् । तर, इमान्दार सम्झौता हुने गरेको पाइन्छ ।

यी देखिएका प्रतिनिधि पात्र मात्र हुन् । सम्झौताको सम्बन्धको मुख्य आधार लिभिङ टुगेदर पनि हो । जुन काठमाडौंमा व्याप्त भइसकेको छ । ‘यौन आशक्तिमा केन्द्रित रहेर यस्ता सम्बन्ध बढि से बढि कायम हुने गरेका छन् । युरोप अमेरिका तिर यस्ता सम्बन्धलाई समान्य ठानिन्छ ।’ दैनिक नेपालबाट साभार गरिएको

कसै संग लभ गरेपछि विवाह गर्नैपर्छ र ? प्रेम गरेपछि विवाह गर्नैपर्छ। यो प्रश्नले जवाफकर्तालाई दुई कित्तामा उभ्याउँछ । एकथरी भन्छन्, प्रेम र विवाह दुई फरक कुरा हुन् । प्रेम गर्दैमा विवाह गर्नुपर्छ भन्ने छैन । अर्काथरी भन्छन् प्रेमको अन्तिम विन्दु भनेकै विवाह हो । जब प्रेम विवाहमा रुपान्तरण हुन्छ तब मात्र प्रेम स’म्बन्ध सार्थक हुन्छ । प्रेम गर्नुको अर्थ बैंशालु सु खभोग मात्र होइन । त्यसैले जोसँग प्रेम गरिन्छ हो उसालाई भावी जीवनसाथीको रुपमा हेर्ने पनि गरिन्छ ।

कतिपयले क्षणिक मनोरञ्जनका लागि प्रेम गरिरहेका हुनसक्छन् । अहिले त श रीरिक स’म्बन्धका लागि जोडी बनाउने चलन छ । कतिले कतिले देखासेखीमा पनि प्रेमीका बनाएर हिड्छन । कतिले आफ्नो सु रक्षाका लागि पनि यस्तो जोडी बाँध्ने गरेको पाइन्छ । त्यसैले प्रेमी प्रेमिकाको रुपमा जोडिन आउने जो कोहिसँग दाम्पत्य सम्बन्ध गाँस्न सकिन्छ भन्ने हुँदैन । तर कहिले काहिँ त्यस्तै प्रेमी प्रेमिकासँग बिवाह गर्न पुगिन्छ ।

र यस्ता दाम्पत्य जीवन सुखमय र सुमधुर हुन्छ भन्ने पनि छैन । प्रेम गरिरहँदा प्रेमी प्रेमिकासँग दाम्पत्य जीवन कसरी बिताउने भनेर चर्चा गरिन्छ । कतिले त फेमेली प्ला निङ समेत गर्न भ्याउँछन् । छोरा जन्माउने कि छोरी। नाम के राख्ने कहाँ पढाउने भनेर दिउसै सपना पनि देख्छन ।

हुनसक्छ प्रेम जीवनलाई रोमान्टिक बनाउन पनि यस्ता परिकल्पनामा डुब्ने गरिन्छ । कस्ता प्रेमी प्रमिकासँग जीवन बिताउन सकिन्छ यदि प्रेमी प्रेमिकाले आफ्नो हरेक कुरामा चासो राख्छ स्वास्थ्यस्थितीमा ख्याल राख्छ पारिवारिक कुरा जान्न उत्सुक रहन्छ करियरका लागि सरसल्लाह दिन्छ भने उनीहरु भावी जीवनसाथीको रुपमा स्विकार्न सकिन्छ ।

आफ्नो व्यक्तिगत जीवनमा कुनै न कुनै रुपमा सहयोग एवं सहकार्य गर्ने दुखसुख साझेदार गर्ने प्रेमी प्रेमिकासँग बिवाह भएमा त्यस किसिमको दाम्पत्य स’म्बन्ध सुमधुर हुन्छ । आफ्नो स सानो कुरामा ख्याल राख्ने कस्तो लुगा सुहाउँछ कस्तो सुहाउँदैन के खायो,के खाएन भन्ने कुरामा यदि चासो राख्छन् र सही परामर्श दिने गरेका छन् भने त्यस्ता प्रेमीप्रेमिका जीवनसाथीको रुपमा उपयुक्त हुन्छन् ।

प्रेम स’म्बन्धमा रहेकै बेला आफ्ना प्रेमीप्रेमिकालाई जीवनसाथीको रुपमा स्विकार्न वा अंगाल्न सकिन्छ कि सकिदैन भनेर निक्र्यौल गर्न सकिन्छ । यतिबेला के छुट हुन्छ भने आफ्नो जीवनमा प्रेमी प्रेमिका मन नपरेको अवस्थामा त्यग्नका लागि कुनै कानुनी प्रावधान पुरा गरिरहनु पर्दैन । सामाजिक मिलोमेसो मिलाइरहनु पर्दैन ।

त्यसैले यदि आफ्ना प्रेमी वा प्रेमिकाको कतिपय प्रवृत्ति चित्त नबुझेमा ब्रे’कअप गर्न सकिन्छ । विवाह पछिबिवाह जीवनको यस्तो मोड हो जहाँबाट गृहस्थी जीवनमा प्रवेश गरिन्छ । गृहस्थी सुखका लागि पति पत्नीबीच आपसी समझदारी सहकार्य सद्भाव प्रेम सदिच्छा अनि विश्वास हुनुपर्छ ।

यसकारण आफ्ना पार्टनर कस्ता छन् भन्ने कुरा बिवाहअघि नै राम्रो सँग चिनियो जानियो भने पछिको जिबन सहज र सरल हुन सहयोग पुग्दछ । अक्सर प्रेम स’म्बन्धमा रहँदा आफ्ना पा’र्टनरको आनीबानी चालचलन प्रवृत्ति सोंच चिन्तन सबै कुरा थाहा पाउन सकिन्छ । त्यसैले प्रेम स’म्बन्धमा रहेकै बेला यी कुराहरु थाहा हुनुपर्छ ।

किनभने बिवाह गरिसकेपछि फेरी त्यस्तो अवसर पाइदैन । बिबाह गरेपछि एउटा परिधीमा बाधिनु पर्दछ त्यसैले गर्दा पनि बिहाह अगाडी नै सचेत बनियो भने भाबि जिन्दगी हासी हासी जान्छ ।