नेपालसंग सीमा जोडिएको भारतीय क्षेत्रमा र’क्सीसँगै युवतीको पनि होम डेलिभरी हुने गरेको खुलासा भएको छ । रेडलाइट क्षेत्रमा प्र’हरीको लगातार छापा मारेपछि शरीरका व्यवसायीले यो नयाँ तरिका अपनाएका छन् । भर्खरै प्रहरीको दुई ठूला का’रबाहीपछि यसको तार मुम्बई र कोलकातामा जोडिएको प्रष्ट भएको छ ।
प्रहरीले हालै मुम्बईबाट एक महिलालाई पनि प’क्राउ गरेको थियो । अर्को, एक सिलगढीकी महिलाले पूर्णियामा आठ जना केटीहरूको फोजलाई सारेकी छन् । दुई दिनअघि पूर्णिया सहरको रामबाग इलाकामा एउटा घरबाट आठ युवती फेला परेका थिए ।
उनीहरूसँगै प्रहरीले रामबागबाट एक युवालाई पनि प’क्राउ गरेको छ । युवासंगको सोधपुछमा आफूले बाहिरबाट युवती ल्याउने काम गर्ने गरेको बताए । उनी सिलगढीकी एक महिलाका लागि काम गर्छन्। यसका लागि उनले पारिश्रमिक पाउँछन् । पैसाको लोभमा उनले यो काम गरेका हुन् ।
यहाँको काम अर्को व्यक्तिले सम्हाल्छ। यहाँबाट केटीहरूलाई कहाँ कहाँ पठाइन्छ भन्ने उनलाई थाहा छैन । यद्यपि उनले केटीहरूलाई होटलमा र ग्राहकको माग अनुसार जहाँ पनि पठाइने गरेको स्वीकार गरे। जानकारी अनुसार ग्राहकहरु यहाँबाट युवती लिएर नेपाललगायत अन्य ठाउँमा जाने गरेका छन् ।
गत वर्ष यहाँको लाइनबजार क्षेत्रमा भएको छापामा पनि यस्तो खुलासा भएको थियो । शरीरका कारोवारीहरू कोलकाता र मुम्बई सम्म जोडिएका छन् । म’दिरा निषेधका लागि प्र’हरी उपरीक्षकको निर्देशनअनुसार जिल्लाभर विशेष अभियान चलिरहेको छ । जसमा प्रहरीले पनि कीर्तिमानी उपलब्धि हासिल गरेको छ ।